Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

काठमाडौँ । भारत महाराष्ट्रमा एउटा पाँच तले भवन भत्किँदा कयौँ हताहत भएको आशंका गरिएको छ ।

रायगढ जिल्लाको महाडमा सोमबार साँझ पाँच तले भवन भत्किँदा ८० देखि ९० जना हताहत भएको आशंका गरिएको छ ।

भत्किएको भवनबाट यो समाचार तयार पार्दासम्म एउटा शव फेला परेको बीबीसीले जनाएको छ ।

केही भारतीय सञ्चार माध्यमहरूले भने भत्किएको भवनबाट ६० जनाको उद्धार गरिएको जनाएका छन् ।

त्यहाँ अझै २५–३० जना फसेको आशंका गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।

सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिएपछि केही मानिसहरू बाहिर निस्किएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा