काठमाडौं, समाचारदाता

शनिबार, साउन १७, २०७७

काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रिय सभाका संसदीय समितिहरूको सभापति चयनको प्रक्रिया शुरु गरेको छ। राष्ट्रिय सभाको नियमावली बमोजिम सभापति र समिति सदस्यहरूको पदावधि दुई वर्षमा सकिने व्यवस्था रहेकाले नयाँ प्रक्रिया शुरु भएको हो।

आजै संघीय संसद सचिवालयले १६ साउन (हिजो) मा सबै समितिका सदस्यहरूको पदावधि सकिएकाले सूचना निकालेर सभापति चयनको प्रक्रिया शुरु र समिति सदस्य प्रक्रिया प्रारम्भ गरेको जानकारी दिएको छ।

सदन अधिवेशन सुचारु भएको बेला सदनबाटै हुने यो काम सदन नचलेको र कानून बमोजिम समिति सदस्य एवं सभापतिहरूको पदावधि समाप्त भएकाले प्रक्रिया शुरु गर्न लागिएको हो।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३३ को अधिकार प्रयोग गरी कार्यव्यवस्था परामर्श समितिको परामर्श राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति सदस्यहरूको नामावली पनि आजै हेरेफेर गरी चारवटा समितिका सदस्यहरूको नामावली सार्वजनिक गरेका छन्। अब त्यही समिति सदस्यहरूले सभापति चयन गर्नेछन्।

अध्यक्ष तिमिल्सिनले नियमावली बमोजिम दलहरूबाट प्राप्त नामको आधारमा सदस्यहरू छुट्टयाएको सूचनामा उल्लेख छ।

राष्ट्रिय सभामा चारवटा संसदीय समितिहरू छन्। तीमध्ये दिगो विकास तथा सुशासन समिति र प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा १३/१३ जनाको नाम तोकिएको छ भने राष्ट्रिय सरोकार तथा समन्वय समितिमा १४ र विधायन व्यवस्थापन समिति १५ जनाको नाम सिफारिस गरिएको छ।

कुन समितिमा को ?

अब यही समितिले समिति सदस्य मध्येबाट एकजनालाई सभापति चयन गर्नुपर्ने हुन्छ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशन चालु नरहेको तर अर्को अधिवेशन शुरु भएपछि समिति गठन गर्दा कामकारबाहीमा प्रभाव पर्ने भएकाले समितिका सदस्यहरूको नामावली तोकेर सभापति चयनको लागि बाटो खोलेको बताएका छन्।

यसअघि दीगो विकास तथा सुशासन समितिमा कांगे्रसका तर्फबाट तारादेवी भट्ट सभापति थिइन् भने अन्य तीन समितिमा नेकपाका सांसद सभापति थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा