Lite Nepal

शुक्रबार, भाद्र १२, २०७७

एजेन्सी । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ८० हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट अमेरिकामा १ लाख ८० हजार ५ सय २७ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी मृत्यु न्युयोर्कमा ३२ हजार ९ सय २६ छ भने त्यहाँ ७४ हजार ८ सय ५० जना निको भएका छन्।

यस्तै, न्युजर्सीमा १५ हजार ९ सय २१, क्यालिफोर्नियामा १२ हजार ६ सय २७, टेक्सासमा १२ हजार १ सय ५६, फ्लोरिडामा १० हजार ८ सय ६८, म्यासाचुसेट्समा ९ हजार ८, इलिनोइसमा ८ हजार १ सय ८५, मिसिगनमा ६ हजार ७ सय ६, जर्जियामा ५ हजार ३ सय ९१ र एरिजोनामा ४ हजार ९ सय २९ जनाको मृत्यु भएको छ।

अमेरिकामा हालसम्म ५८ लाख ६० हजार ३ सय ९७ जना संक्रमित भएका छन्।

अमेरिकापछि बढी प्रभावित मुलुकमा ब्राजिल रहेको छ, जहाँ ३७ लाख १७ हजार १ सय ५६ जना संक्रमित भएका छन् भने १ लाख १७ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा