Lite Nepal

शनिबार, भाद्र १३, २०७७

विराटनगर । विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्ध पुरुषको शव परिवारले बुझेर दाहसंस्कार गर्न लैजाँदै गर्दा पीसीआर परीक्षण रिपोर्ट शनिबार दिउँसो पोजिटिभ आएको हो।

त्यतिबेला परिवारका सदस्य र आफन्तले शव मोरङको कानेपोखरी पुर्‍याइसकेका थिए। सुरुमा घर पुर्‍याएर धार्मिक परम्परा अनुसार शवलाई अन्तिम संस्कारका लागि घाटमा लैजाने तयारी परिवारको थियो।

तर रिपोर्ट पोजिटिभ आएको सार्वजनिक भएपछि प्रहरीले शवलाई कानेपोखरीमै रोकेर नेपाली सेनाको ‘बडी’व्यवस्थापन टोलीको जिम्मा लगाएको छ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिपिल गिरीले कोरोना पोजिटिभ देखिएको खबर आएपछि पुरुषको शव परिवारका सदस्य र नातेदारबाट फिर्ता गर्दै व्यवस्थापनका लागि सेनाको विशेष टोलीलाई जिम्मा लगाइएको जानकारी दिए।

मोरङमा मृत्यु भएका संक्रमितको शव नेपाली सेनाको टोलीले हालसम्म कानेपोखरी जंगलमै व्यवस्थापन गर्दै आइरहेको छ।

मृतकको रिपोर्ट पोजिटिभ आएपछि शव जिम्मा लिएर लैजाने तथा मृतकको सम्पर्कमा रहेका आफन्त र परिवारका सदस्य तनावमा परेका छन्।

लामो समयदेखि उनको उपचारमा संलग्न न्युरो अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि त्रसित बनेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं