Lite Nepal

आइतबार, भाद्र १४, २०७७

राजविराज । पुनः पक्राउका लागि अदालत अगाडि बसेको प्रहरीलाई झुक्याएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी नेतृ उमा भुजेल ‘शिलु’ र नेता सुमनसिंह पौडेल बेपत्ता भएका छन्।

सप्तरी जिल्ला अदालत अगाडि पक्राउ गर्न दुई इन्स्पेक्टरको नेतृत्वमा बसेको दुई दर्जन बढी प्रहरीको आँखा छल्दै उनीहरु उम्किन सफल भएका हुन्। विप्लव नेता उम्किएपछि प्रहरीलाई तनाव भएको छ।

सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएसनको रोहबरमा आइतबार साँझ रिहा गरेपछि पुनः पक्राउ गर्न प्रहरी तैनाथ थिए। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरे बमोजिम उनीहरु रिहा भएपछि बेपत्ता भएको बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं