Lite Nepal

आइतबार, भाद्र १४, २०७७

राजविराज । पुनः पक्राउका लागि अदालत अगाडि बसेको प्रहरीलाई झुक्याएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी नेतृ उमा भुजेल ‘शिलु’ र नेता सुमनसिंह पौडेल बेपत्ता भएका छन्।

सप्तरी जिल्ला अदालत अगाडि पक्राउ गर्न दुई इन्स्पेक्टरको नेतृत्वमा बसेको दुई दर्जन बढी प्रहरीको आँखा छल्दै उनीहरु उम्किन सफल भएका हुन्। विप्लव नेता उम्किएपछि प्रहरीलाई तनाव भएको छ।

सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएसनको रोहबरमा आइतबार साँझ रिहा गरेपछि पुनः पक्राउ गर्न प्रहरी तैनाथ थिए। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरे बमोजिम उनीहरु रिहा भएपछि बेपत्ता भएको बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा