Lite Nepal

आइतबार, साउन १८, २०७७

लन्डन । कप्तान पिएरे एमरिक अबामयाङको दुई गोलको मद्दतले आर्सनलले १० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गर्दै शनिबार एफएकप जितेको छ । आर्सनलले एफएकप जितेको यो कीर्तिमान १४ औं पल्ट हो ।

यससँगै आर्सनल अर्को सिजनको युरोपा लिगका पनि छनोट भएको छ । वेम्बलीको दर्शकबिनाकाे रंगशालामा प्राप्त यो सफलता आर्सनल व्यवस्थापकका रूपमा मिखेल आर्टेटाको पहिलो हो ।

खेल १–१ को बराबरी रहेको स्थितिमा अबामयाङले ६७ औं मिनेटमा निर्णायक गोल गरे । घरेलु लिगमा राम्रो गर्न नसकेको आर्सनल अंक तालिकाको आठौं स्थानमा रहेको थियो ।

चेल्सीले पाँचौं मिनेटमा क्रिस्टियन पुलिसिचको गोलले अग्रता लिएयता अबामयाङले २८ औ मिनेटमा पेनाल्टीबाट गोल फर्काएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं