Lite Nepal

आइतबार, साउन १८, २०७७

विराटनगर । विराटनगरमा आइतबार नापी कार्यालयका दुई कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । नापी कार्यालय विराटनगरका प्रमुख गणपति साहले ३६ र ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए।

उनका अनुसार परीक्षणका लागि सात जना कर्मचारीको स्वाब संकलन गरिएकोमा दुई जनाको नतिजा पोजिटिभ आएको हो। संक्रमण देखिएका पुरुष कार्यालयका खरिदार र सुरक्षा गार्ड हुन्।

यसैबीच कोशी अस्पतालका दुई जना स्टाफ नर्समा पनि कोरोना पुष्टि भएको छ। अस्पतालमा आवद्ध तीन जनामा संक्रमण देखिएकोमा दुई जना स्टाफ नर्स र एक जना सफाई कर्मचारी रहेको मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले बताए। उनीहरुको कोशीकै प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।

कोशीमा संक्रमित हुने स्वास्थ्यकर्मी र कर्मचारीको संख्या आठ पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं