Lite Nepal

सोमबार, साउन १९, २०७७

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ नियन्त्रणमा भएका कमजोरी सच्याउने र माग पूरा गर्ने भन्दै अनशन तोड्न आह्वान गरेका छन् । उनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन पनि अनुरोध गरेका छन् ।

अभियानका अभियन्तासँग आइतबार सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सामग्री खरिदमा कमजोरी भएको स्विकारे । ‘अचानक लकडाउन गर्नुपर्ने अवस्था आयो । देशभर क्वारेन्टाइनजस्ता संरचना तयार गर्नुपरेको थियो । जिटुजीबाट स्वास्थ्य सामग्री खरिद गर्न खोज्दा पनि नसकिएको हुँदा सरकारका तर्फबाट कमी–कमजोरी भएको उहाँले स्विकार्नुभयो,’ रक्षामन्त्रीसँगको भेटपछि अभियन्ता आलोक सुवेदीले भने ।

भारतबाट लाखौँको संख्यामा नेपाली आएपछि व्यवस्थापन गर्न कठिनाइ भएको उपप्रधानमन्त्रीको भनाइ थियो । उपप्रधानमन्त्री पोखरेलले संघीय सरकारले नचाहँदा(नचाहँदै पनि प्रदेश र स्थायी सरकारबाट गल्ती भएकोसमेत बताएको अभियन्ता आलोकको भनाइ थियो ।

छलफलमा उपप्रधानमन्त्री पोखरेलले सरकारले प्रभावकारी काम गर्दै गएको भन्दै अनशन फिर्ता लिन आग्रह गरे । उनले माग पूरा गर्ने आश्वासन दिँदै अनशन तोड्न आग्रह गरेको अभियन्ता सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं