झापा समाचारदाता

सोमबार, साउन १९, २०७७

झापा । प्रदेश १ को झापाबाटनै कोरोनाको पीसीआर परीक्षण हुने भएको छ । भद्रपुरको मेची अस्पतालमा सोमबारदेखि कोरोना भाइरसको नमूना परीक्षण सुरु भएको हो ।

बुधबारदेखि नियमित पीसीआर परीक्षण गर्ने गरी सोमबारदेखि नमूना परीक्षण सुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए ।

‘झापामा परीक्षण गरिएको स्वावलाई पुन ः परीक्षणका लागि विराटनगर पठाउने र दुई पटक सम्म परीक्षण रिपोर्ट सही आए नियमित यहाँबाटै परिक्षण गर्ने तयारी हो,’ संयोजक पोर्तेलले भने ।

हाल अस्पतालको पीसीआर ल्याब राखिएको क्षेत्र पूर्णरुपमा सिल गरिएको छ । प्रदेश सरकारको पहलमा स्थापना गरिएको उक्त पीसीआर ल्याबमा ८ जना कर्मचारी छन् ।

पोर्तेलका अनुसार साउन महिनाभित्र ७ सयको पीसीआर रिर्पोट निकाल्ने गरी काम गरिने छ । मेची अस्पतालमा पीसीआर ल्याब सञ्चालनका लागि संघीय सरकारले १ करोड रुपैयाँ पठाएको र रोही रकमबाट पीसीआर परीक्षण सुरु गरेको उनको भनाई छ ।

झापामा पीसीआर परीक्षण हुने भएपछि विराटनगर र धरानमा स्वाब परीक्षणको चाप घट्नुको साथै साविक मेची अञ्चलनका जिल्लालाई स्वाब परीक्षणमा सहजता हुने प्रमुख पोर्तेल बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं