Lite Nepal

मंगलबार, साउन २०, २०७७

विराटनगर । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका उपमहासचिव अलास्डर बेलले फिफका प्रमुखका बारेमा भइरहेको हालको विवाद संस्थाको नाम पुनः स्थापित गर्ने प्रयासमा पश्चकदम रहेको बताएका छन् ।

गएको हप्ता स्वीट्जरल्याण्डका अधिकारीहरुले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि कानूनी अनुसन्धान सुरु गरेका थिए । स्वीस महान्यायाधीवक्ता माइकल लाबारसँगको भेटलाई लिएर अनुसन्धान सुरु भएको हो । दुवै व्यक्तिले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।

इन्फान्टिनोले अहिले उत्पन्न भएको विवाद समाधान नहुँदासम्म पदबाट नहट्ने बताएका छन् । उपमहासचिव बेलले भनेका छन्, ‘धेरैले महान्यायाधीवक्तासँगको भेटलाई सुरक्षित रुपमा लिन्छन् । सोही भेटकै कारण आपराधिक अनुसन्धानको घेरामा आइन्छ भनेर शायदै कसैले सोच्छ होला ।’

फिफा वा इन्फान्टिनो दुवैलाई आरोप कसले लगायो वा कसरी आयो भन्ने जानकारी नरहेको उनले बतानए । जियानी ओरालो लागेको वा उनी विफल भएको देख्न चाहनेहरु वा पूर्व अध्यक्ष सेप क्लाटरको पक्षका व्यक्तिहरु आरोपको पछि हुन सक्ने तर्फ उनले संकेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं