Lite Nepal

मंगलबार, साउन २०, २०७७

धनुषा । प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री कार्यालयका छ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुईजना कार्यालयकै अन्य कर्मचारी गरी छ जनासहित ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

दुई दिनअघि गरिएको स्वाब सङ्कलनको नतिजा आइतबार राति आएको हो। सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाइ छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीमा समेत कोरोना सङ्क्रमण भएको जनाइएको छ ।

प्रदेश २ मा सोमबार १०३ जना सङ्क्रमित थपिएका छन् । पर्सामा ३८, धनुषा र महोत्तरीमा ३०÷३०, बारामा तीन, सिरहा र सर्लाही एक÷एक गरी प्रदेशभरि १०३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा