Lite Nepal

मंगलबार, साउन २०, २०७७

धनुषा । प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री कार्यालयका छ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुईजना कार्यालयकै अन्य कर्मचारी गरी छ जनासहित ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

दुई दिनअघि गरिएको स्वाब सङ्कलनको नतिजा आइतबार राति आएको हो। सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाइ छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीमा समेत कोरोना सङ्क्रमण भएको जनाइएको छ ।

प्रदेश २ मा सोमबार १०३ जना सङ्क्रमित थपिएका छन् । पर्सामा ३८, धनुषा र महोत्तरीमा ३०÷३०, बारामा तीन, सिरहा र सर्लाही एक÷एक गरी प्रदेशभरि १०३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं