Lite Nepal

मंगलबार, साउन २०, २०७७

विराटनगर । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान बिरामीहरूलाई दिएको खाजामा कीरा भेटिएको छ । हाल ६० जना उपचाररत केन्द्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारको छ ।

खाजामा दिइएको मटरको झोलमा कीरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा भनिन् । ‘संक्रमितले खाइहाल्छन् भन्दै हेला गरेर खाजा दिएजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन र ?’ केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले यस्तो हुन गएको बताए ।

कमसल खालको पुरानो मटर केराउ परेको र राम्रोसँग केलाउँदा केराउभित्र रहेको कीरा बाहिर निस्किएको उनको भनाइ छ । खाना स्वास्थ्य मापदण्ड अनुरूप नभएको जानकारी पाएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। चुमनलाल दासले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा