Lite Nepal

मंगलबार, साउन २०, २०७७

विराटनगर । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान बिरामीहरूलाई दिएको खाजामा कीरा भेटिएको छ । हाल ६० जना उपचाररत केन्द्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारको छ ।

खाजामा दिइएको मटरको झोलमा कीरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा भनिन् । ‘संक्रमितले खाइहाल्छन् भन्दै हेला गरेर खाजा दिएजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन र ?’ केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले यस्तो हुन गएको बताए ।

कमसल खालको पुरानो मटर केराउ परेको र राम्रोसँग केलाउँदा केराउभित्र रहेको कीरा बाहिर निस्किएको उनको भनाइ छ । खाना स्वास्थ्य मापदण्ड अनुरूप नभएको जानकारी पाएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। चुमनलाल दासले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं