Lite Nepal

मंगलबार, साउन २०, २०७७

सप्तरी। सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेका छन्। जिल्ला सुरक्षा समितिको बैठकअनुसार २६ साउनसम्म निषेधाज्ञा जारी गरिएको हो।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित जिल्लाभरि आज बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको बताए। जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जनाइएको छ।

औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ। रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा