Lite Nepal

मंगलबार, साउन २०, २०७७

विराटनगर । प्रदेश १ मा मंगलबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार मोरंगका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् ।

सुनसरीको दुहवीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सुर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । मंगलबार १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जना मोरंगको सुनबर्षी र विराटनगरका र अन्य २ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार ९ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

झापा, मोरङ र सुनसरीका सवै स्थानीय तहमा संक्रमण

प्रदेश १ का झापा, मोरंग र सुनसरी सवै स्थानीय तहमा संक्रमण देखिएको छ । झापाका १५, मोरंगका १७ र सुनसरीका १२ वटै स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार सुनसरीको दुहवीमा पनि संक्रमित देखिएपछि तीन जिल्लाका सवै स्थानीय तहमा कोरोना संक्रमण देखिएको हो । तीन वटा जिल्लामा मात्र कोरोना संक्रमितको संख्या ९ सय २७ छ । संक्रमित मध्ये ६ सय ४३ जना डिस्चार्ज भएका छन् ।

कोशीमा मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ

कोशी अस्पताल विराटनगरमा मृत्यु भएका उदयपुरको बेलका १ का ५५ वर्षीय एक पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । गएराती मृत्यु भएका उनको स्वाव परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कोशी अस्पालले जनाएको छ ।

रंगेलीमा सिल

सोमबार एकैदिन २२ जनामा कोरोना संक्रमण देखिएपछि रंगेली नगरपालिका क्षेत्र सिल गरिएको छ । अर्को सूचना जारी नहुँदा सम्मका लागि शिल गरिएको नगर प्रमुख दिलिप बगडियाले बताए ।

रंगेलीमा एकै परिवारका १४ सहित रंगेली अस्पताल र विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी संक्रमित भएका थिए । समुदाय स्तरमा संक्रमण देखिएपछि नगर शिल गरिएको प्रमुख बगडियाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा