Lite Nepal

बुधबार, साउन २१, २०७७

विराटनगर । प्रदेश १ बाट बुधबार ९० वर्षीया बृद्धा सहित ५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतले विदाई गरेका थिए ।

बुधबार डिस्चार्ज हुनेमा मोरंङका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र ते¥हथुमका १–१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

प्रदेश १ मा बुधबार ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा