Lite Nepal

बुधबार, साउन २१, २०७७

विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मोरङमा एकै दिन दुई पुरुषको मृत्यू भएको छ ।

संक्रमणका कारण विराटनगरका एक र रंगेलीका एक जनाको मृत्यू भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको दिउँसो १ः१० बजे मृत्यु भएको हो । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

मृत्यु हुनु अघि नै स्वाब संकलन गरेर परीक्षण गराइएकोमा रिपोर्ट दिउँसो ३ः४५ पोजेटिभ आएको सुपरिटेन्डेन दासले जानकारी दिए । मृतकमा ज्वरोका साथै जण्डिसको समस्या देखिएको थियो ।

त्यस्तै मोरङकै रंगेली नगरपालिका–८ का ४५ वर्षीय अर्का पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याइएका उनको कोशी अस्पताल ल्याइपु¥याउँदा मृत्यु भइसकेको थियो ।

बिरामी हुँदा कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनको पनि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराइएको थियो । मृतकको पीसीआर परीक्षण रिपोर्ट दिउँसो ३ः३० बजे पोजेटिभ आएको डा. दासले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं