Lite Nepal

बिहिबार, साउन २२, २०७७

काठमाडौं । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । सरकारले यहि साउन ७ गतेबाट लकडाउन खुकुलो पारे सगंै कोरोना संक्रमण बढ्ेको हो । साउन सात गतेअगाडि १४ दिन र लकडाउन खुलेको १४ दिनको तथ्याङक संकलन गर्दा १ हजार ७ सय ९८ जना बढी संक्रमित बढेका छन् ।

लकडाउन अन्त्यको घोषणा गर्नुअघि अर्थात साउन ७ गतेभन्दा अगाडि दैनिक पुष्टी हुने संक्रमितको संख्याभन्दा ८ गतेदेखि संक्रमित हुनेको संख्या धेरै रहेको छ । लकडाउन अवधिको असार २४ गते २ सय ५५, जना २५ गते १ सय ८, जना २६ गते १ सय १८ जना, २७ गते जम्मा ७० जना २८ गते ८२ जना २९ गते १ सय ५४ जना ३० र ३१ गते १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

त्यस्तै साउन १ गते १ सय ६७, २ गते १ सय १ जना ३ गते ५७ जना, ४ गते १ सय ५६ जना, ५ गते १ सय ८६ जनामा र ६ गते १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ६ गते बेलुका सरकारले सोहि दिनको १२ बजेबाट लकडाउन अन्त्य भएको घोषणा ग¥यो र साउन ७ गतेबाट सम्पूर्ण सार्वजनिक सवारी साधनका साथै निजि सवारी साधनहरु सञ्चालनमा आयो ।

लकडाउन खुलेको सुरुवातका दिनहरुमा पहिलेकै तुलनाका संक्रमित भेटिएका थिए दिन बित्दै जादा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । साउन ७ गेत १ सय जनामा कोरोन पुष्टि भयो जुनदिनबाट लकडाउन खुलेको थियो त्यसको भालिपल्ट अर्थात साउन ८ गते १ सय ४७ जना, ९ गते १ सय ३३ जना, १० गते १ सय ९ जना ११ गते १ सय ३० जना १२ गते १ सय ३९ जना १३ गते एक्कासि संक्रमितको संख्या ३ सय ११ पुग्यो ।

त्यस्तै साउन १४ गते २ सय १० जना १५ गते २ सय ७४ जना १६ गते २ सय २४ जना १७ गते ३ य १५ जना १८ गते २ सय ४६ जना १९ गते ४ सय १८ जना २० गते २ सय ५९ जना र २१ गते ३ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै आज मात्रै ३ सय ६० जनामा कोभिड १९ पुष्टि भएको छ । लकडउन खुल्नु अगाडि १४ दिनमा १ हजार ७ सय ९८ जनामा कोरोना देखिएकोमा लक डाउन खुलेको १४ दिनमा ३ हजार २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । पछिल्लो समय पिसिआरको दायरा पनि बढाइएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरुमा पनि लक्षण सहितका विरामी भेटिन थालेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा