Lite Nepal

शुक्रबार, साउन २३, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिर्पोट नेगेटिभ आएको छ । शुक्रबार बिहान लिइएको स्वाबमा प्रधानमन्त्रीसहित अन्य ६ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

शुक्रबार प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीकाे स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएका सबैको रिर्पोट नेगेटिभ आएको संसदीय सचिवालयका स्वास्थ्य शाखा प्रमुख डा. पुष्प रिजालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं