Lite Nepal

शनिबार, साउन २४, २०७७

काठमाडाैं । क्रिष्टियानो रोनाल्डोको शानदार प्रदर्शनका बाबजुद इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाउन सकेन ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले फ्रेन्च क्लब लियोनलाई २–१ ले पराजित गर्‍यो ।

तर जित निकालेर पनि युभेन्टस स्तब्ध नै बन्यो । समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा लियोन क्वाटरफाइनलको यात्रा तय गर्न सफल भयो ।

अवे मैदानमा भएको पहिलो लेगमा युभेन्टस १–० ले पराजित भएको थियो । सोही पराजय वा अवे मैदानमा गोल गर्न नसक्नु उसका लागि घातक बन्यो ।

शुक्रबार राति भएको खेलमा रोनाल्डोले ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । त्यसअघि १२ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनका लागि मेमफिस डिपेयले गोल गरेका थिए ।

६० औँ मिनेटमा रोनाल्डोले गोल गरेर युभेन्टसलाई दोस्रो लेगमा २–१ को जित दिलाए । तर डिपेयको पेनाल्टी गोलले लियोनलाई अघिल्लो चरणमा लग्यो । लियोनले अब लिस्बनमा हुने नकआउट फरम्याटको क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्ने छ ।

रोनाल्डोले च्याम्पियन्समा अहिलेसम्म १३० गोल गरेका छन् । तर उनका लागि व्यक्तिगत गोलले खुशी दिन सकेन, टिम बाहिरिँदा ।

उनले करनर प्रहारलाई हेड मार्फत टिमका लागि शुक्रबार रातिको खेलमा तेस्रो गोल गर्ने प्रयास गरेका थिए । तर बल गोलपोस्ट माथिबाट गएपछि सपना समाप्त भयो ।

रोनाल्डोले रियल मड्रिड र म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिगको उपाधि जितेका छन्। तर युभेन्टसबाट जित्नका लागि अझै पर्खनु पर्ने भएको छ । लगातार नवौँ सिजन सिरी ए को उपाधि जितेको युभेन्टसले सन् १९९६ यता च्याम्पियन्स लिगको उपाधि भने जितेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा