Lite Nepal

शनिबार, साउन २४, २०७७

विराटनगर । शुक्रबार विराटनगरका तीनजना पत्रकारमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

यसअघि स्थानीय चिकित्सक, कर्मचारी र प्रहरीहरूमा देखिएको कोरोना फिल्डमा खटिएर रिपोर्टिङ गर्ने पत्रकार सम्म पुगेको हो ।

विराटनगरका पत्रकार सञ्जीव खनाल र कमल रिमालले आफूहरुलाई पनि कोरोना संक्रमण भएको पुष्टि फेसवुक मार्फत गरेका छन् ।

खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको उल्लेख गर्दै लेखेका छन् ‘मलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मेरो अवस्था सामान्य छ । होम आइसोलेसनमा बसेको छु’, उनी लेख्छन् ‘पछिल्लो १० दिनमा मेरो सम्पर्कमा आउनुहुने सम्पूर्ण साथीहरुलाई सतर्क रहेर कोरोना जाँच गराउनुहुन अनुरोध गर्दछु ।’

यस्तै अर्का पत्रकार कमल रिमालले पनि फेसवुक मार्फत आफ्नो सम्पर्कमा रहेकालाई तत्काल पीसीआर परीक्षण गर्न आग्रह गरेका छन् । ‘केही दिन यता मेरो प्रत्यक्ष सम्पर्कमा आउनु हुने सम्पुर्णमा तत्कालै पिसिआर परिक्षण गर्नु हुन अनुरोध छ,’ उनले लेखे ।

खनाल र रिमाल सँगै अर्का एक पत्रकारमा पनि कोरोना शुक्रबारनै कोरोना संक्रमण पुष्टि भएको छ । उनको परिचय खुलाईएको छैन ।

मोरङमा मात्रै शुक्रबार एकैदिन ६४ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म जिल्लाभित्रकै ५ जनामा कोरोना पुष्टि भएर ज्यान गइसकेको छ । ज्यान गुमाउनेहरूमा ट्राभल हिस्ट्री नभएकाहरु समेत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं