Lite Nepal

शनिबार, साउन २४, २०७७

विराटनगर । शुक्रबार विराटनगरका तीनजना पत्रकारमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

यसअघि स्थानीय चिकित्सक, कर्मचारी र प्रहरीहरूमा देखिएको कोरोना फिल्डमा खटिएर रिपोर्टिङ गर्ने पत्रकार सम्म पुगेको हो ।

विराटनगरका पत्रकार सञ्जीव खनाल र कमल रिमालले आफूहरुलाई पनि कोरोना संक्रमण भएको पुष्टि फेसवुक मार्फत गरेका छन् ।

खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको उल्लेख गर्दै लेखेका छन् ‘मलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मेरो अवस्था सामान्य छ । होम आइसोलेसनमा बसेको छु’, उनी लेख्छन् ‘पछिल्लो १० दिनमा मेरो सम्पर्कमा आउनुहुने सम्पूर्ण साथीहरुलाई सतर्क रहेर कोरोना जाँच गराउनुहुन अनुरोध गर्दछु ।’

यस्तै अर्का पत्रकार कमल रिमालले पनि फेसवुक मार्फत आफ्नो सम्पर्कमा रहेकालाई तत्काल पीसीआर परीक्षण गर्न आग्रह गरेका छन् । ‘केही दिन यता मेरो प्रत्यक्ष सम्पर्कमा आउनु हुने सम्पुर्णमा तत्कालै पिसिआर परिक्षण गर्नु हुन अनुरोध छ,’ उनले लेखे ।

खनाल र रिमाल सँगै अर्का एक पत्रकारमा पनि कोरोना शुक्रबारनै कोरोना संक्रमण पुष्टि भएको छ । उनको परिचय खुलाईएको छैन ।

मोरङमा मात्रै शुक्रबार एकैदिन ६४ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म जिल्लाभित्रकै ५ जनामा कोरोना पुष्टि भएर ज्यान गइसकेको छ । ज्यान गुमाउनेहरूमा ट्राभल हिस्ट्री नभएकाहरु समेत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा