Lite Nepal

शनिबार, साउन २४, २०७७

एजेन्सी । कोरोना भाइरसविरुद्धको पहिलो खोप बनाएको रूसले दाबी गरेको छ ।

रूसका उपस्वास्थ्यमन्त्री ओलग ग्रिदनेभले बुधबार दर्ता गराउने बताएका हुन् । रूसको गामेली सेन्टरले दर्ता गराउन लागेको कुरा ओलग ग्रिदनेभले खुलाएका हुन् । उनले कोरोना भाइरसविरुद्धको पहिलो खोप हुने दाबी गरेका छन् । अक्टोवरसम्ममा यो खोपलाई बाहिर ल्याइसक्ने भएको छ ।

उपस्वास्थ्यमन्त्री ग्रिदनेभले यो खोप वृद्धहरूका लागि प्राथमिकतामा राखेर काम गरिने जनाइएको आरटी डटकममा उल्लेख छ । यो खोपको खर्च सबै रूस सरकारले व्यहोर्ने भएको छ । एक साता अघि मात्रै मिखाइल मुरासाकोले राष्ट्रियव्यापी खोप अभियान अक्टोबरबाट सुरु गरिने घोषणा गरेका थिए । खोपको परीक्षण पूरा गरिसकिएको छ ।

गामेली सेन्टरले खोप दर्ताका लागि सबै कागजात उपलब्ध गराउने भएको छ । यसको परीक्षण काल मस्कोको सेचेनोभ विश्वविद्यालयमा जुन १८ तारिखदेखि सुरु गरिएको थियो । जसमा ३८ जना स्वयम्सेवीहरू सहभागी बनेका थिए । परीक्षणमा सङ्क्रमणविरुद्धको प्रतिरोधी क्षमता विकास भएको दाबी गामेली सेन्टरले गरेको छ । सचेनोभ विश्वविद्यालयका शीर्षस्थ वैज्ञानिक भादिम तारासोभले यो परीक्षण विधिको विकास गरेका हुन् । उनले विगत २० वर्षदेखि यस विषयमा अध्ययन अनुसन्धान गर्दै आएको खुलाइएको छ ।

रूसको परीक्षणबारे पश्चिमा राष्ट्रहरूले भने आशङ्का गर्दै आइरहेका छन् । यदि यो परीक्षण सफल भएमा रूस कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा पहिलो बन्नेछ भने शक्ति राष्ट्रहरूलाई पनि एक खाल्को चुनौती हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको आधारमा रूस ११ औं ठूलो सङ्क्रमित देशमध्येमा पर्छ । आरटी डटकमका अनुसार यो खोप निर्माणका लागि एडेनोभाइरसको आधारमा तयार गरिएको हो । अहिले शक्ति राष्ट्रहरू कोभिड १९ विरुद्धको खोप निर्माणमा जुटेका छन् । यसअघि बेलायतको एक विश्वविद्यालयले पनि कोरोनाविरुद्धको खोप मानवीय परीक्षणपश्चात् निकै सफल भएको दाबी गरेको थियो ।

तर, हालसम्म प्रगति सार्वजनिक गरिसकेको छैन । कोरोना विरुद्धको खोप निर्माणका लागि विशेष गरी बेलायत, अमेरिका र चीन होडमा लागेका छन् । कसले पहिला खोप निर्माण गर्ने भन्ने होडबाजीका बीच रूसले दर्ता गराउने प्रक्रिया नै अगाडि बढाएकाले नयाँ उपलब्धि हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा