Lite Nepal

सोमबार, आश्विन ०५, २०८३

विराटनगर ।  भोजपुरमा विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गरिदिने क्रममा १ लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार तीनै जनाले अन्तिम बिल भुक्तानीका क्रममा विभिन्न प्राविधिक समस्या देखाउँदै सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घुस मागेका थिए। उक्त रकममध्ये ५० हजार रुपैयाँ सब–इन्जिनियर श्रेष्ठको बैंक खाताको क्यूआरमार्फत र ८५ हजार रुपैयाँ इन्जिनियर राईले नगद बुझेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

घुससम्बन्धी उजुरीपछि अख्तियारको टोलीले राईलाई ललितपुरबाट ८५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो। लेखा अधिकृत कार्कीलाई धनकुटा र सब–इन्जिनियर श्रेष्ठलाई भोजपुरबाट नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानबाट क्यूआरमार्फत लिइएको ५० हजारसमेत जोड्दा कुल घुस रकम १ लाख ३५ हजार रुपैयाँ पुगेको अख्तियारले जनाएको छ।

आयोगले तीनै जनाविरुद्ध १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना मागदाबी गरेको छ। उनीहरूको कसुरबारे अन्तिम निर्णय विशेष अदालतबाट हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं