Lite Nepal

शनिबार, साउन २४, २०७७

सप्तरी। बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन्। विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र आवश्यक कारवाहीका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

आरोपितलाई मोरङ प्रहरीले हिजो विराटनगरबाट पक्राउ गरेको थियो। २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले असार २८ गते उजुरी दर्ता गरेको थियो। उजुरी दर्ता भएपछि राजविराजबाट फरार भएका युवक विराटनगरमा लुकेर बसेका थिए। पीडितकै सूचनामा आरोपित पक्राउ परेको प्रहरीले जनाएको छ।

उच्च शिक्षा अध्ययन गर्ने क्रममा राजविराज नगरपालिका–७ स्थित घरमा डेरा लिई बसेको कोठामा कोही नभएको मौका छोपी आएका आरोपितले बलात्कार गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै आएको पीडितले बताएकी छन्। रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं