Lite Nepal

शनिबार, साउन २४, २०७७

ताप्लेजुङ । ताप्लेजुङको तेल्लोकमा एक महिला मृत फेला परेकी छिन् ।

सिरिजङ्घा गाउँपालिका ४ तेल्लोककी ४४ बर्षिया इश्वरी लिम्बू घर नजिकै मृत भेटिएकी हुन् ।

घरछेउको बाटो देखी करिब १५ मिटर तल मृत भेटिएकी लिम्बुको लडेर मृत्यू भएको आशंका स्थानीयले गरेका छन् ।

स्थानीय बीरु लिम्बूकी श्रीमति इश्वरी शुक्रवार दिउँसो गाउँमा काम गर्न घरबाट निस्किएकी थिईन् ।

घर नफकिएपछि खोज्न जाँदा उनलाई मृत भेटिएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा