Lite Nepal

आइतबार, साउन २५, २०७७

एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग इंग्लिस क्लव चेल्सीले लज्जास्पद हार बेहोरेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जीत निकाल्दै बायर्नले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

बायर्नले पहिलो लेगमा ३–० को सहज जीत निकालेको थियो । बायर्नको फराकिलो जीतमा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोसले समान एक गोल गरे । चेल्सीका लागि टम्मी अब्राहमले एक गोल फर्काए ।

बार्यनले अब क्वाटरफाइनलमा पाँच पटकको युरोपियन च्याम्पियन स्पेनिस फुटबल महारथी बार्सिलोनासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा