Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं– सामाजिक सुरक्षा भत्ता परिचयपत्र साउन महिनाभित्रै नवीकरण गराउनुपर्ने भएको छ। अघिल्ला वर्षहरुमा मंसिर महिनादेखि नवीकरण प्रक्रिया सुरु हुने गरेकाे भए पनि यो वर्षदेखि साउन महिनाभित्र नै नवीकरण गराइसक्नुपर्ने भन्दै स्थानीय तहहरुले सूचना जारी गरेका छन्।

लाभग्राहीहरुको परिचयपत्र नवीकरण तथा नयाँ निवेदन संकलन गर्ने कार्य सामाजिक सुरक्षा ऐन २०७५ र नियमावली २०७६ जारी भएपछि स्थगित रहेकोमा यस वर्षदेखि व्यवस्थापन सूचना प्रणालीमा नवीकरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ।

अहिलेको परिस्थितिमा स्थानीय तहभन्दा टाढा रहेका कतिपय वृद्धवृद्धा तथा शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई परिचयपत्र नवीकरणका लागि स्थानीय तहसम्म जान सक्ने अवस्था छैन। यो असहज परिस्थितिमा साउन महिनाभित्रै परिचयपत्र नविकरण गराउनुपर्ने सरकारको व्यवस्था उचित नरहेको टिप्पणीसमेत हुन थालेकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा