Lite Nepal

आइतबार, साउन २५, २०७७

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित डण्डाखोलाको पुलबाट हामफालेकी एक युवतीलार्य सशस्त्र प्रहरीको टोलीले उद्धार गरी बचाएको छ ।
पुलबाट हामफालेकी सोहीकी २७ बर्षीया पबित्रा अधिकारीलाई सशस्त्रको टोलीले जीवितै उद्धार गरेको हो । उनले साउन २४ गते पुलबाट हाम्फालेकी थिइन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।

निज अधिकारीले पुलबाट हामफालेको भन्ने जानकारी पाउना साथ तत्कालै खटिएको सशस्त्र टोलीले उनलाई खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो । अधिकारीलाई आवश्यक उपचारका लागि भिम अस्पताल भैरहवातर्फ पठाइएको छ । उनले किन खोलामा हामफालेकी हुन् भन्नेबारे कुनै कुरा खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा