Lite Nepal

आइतबार, साउन २५, २०७७

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित डण्डाखोलाको पुलबाट हामफालेकी एक युवतीलार्य सशस्त्र प्रहरीको टोलीले उद्धार गरी बचाएको छ ।
पुलबाट हामफालेकी सोहीकी २७ बर्षीया पबित्रा अधिकारीलाई सशस्त्रको टोलीले जीवितै उद्धार गरेको हो । उनले साउन २४ गते पुलबाट हाम्फालेकी थिइन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।

निज अधिकारीले पुलबाट हामफालेको भन्ने जानकारी पाउना साथ तत्कालै खटिएको सशस्त्र टोलीले उनलाई खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो । अधिकारीलाई आवश्यक उपचारका लागि भिम अस्पताल भैरहवातर्फ पठाइएको छ । उनले किन खोलामा हामफालेकी हुन् भन्नेबारे कुनै कुरा खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं