Lite Nepal

आइतबार, साउन २५, २०७७

बिर्तामोड । बिर्तामोड नगरपाकिलाले आज मध्य रातबाट लकडाउन खुला गर्ने घोषणा गरेको छ ।

साउन १८ गते राती १२ बजेदेखि लागु गरेको लकडाउन आज राती १२ बजे देखि खुल्ला गर्ने निर्णया गरेको बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए ।

समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो ।

मास स्किृनिङ पछि जोखिमको अध्ययन गरेर लकडाउन खुला गरेको मेयर शिवाकोटीले जानकारी दिए ।

उनले अझै जोखिम रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

मेयर शिवाकोटीले नगरपालिकाले कोरोना संक्रमण जोखिमलाई ख्याल गरेर नागरिकप्रति जिम्मेवार रहेको जानकारी दिएका छन् ।

उनले नगरलाई सुरक्षित राख्न सबै किसिमका उपाय अपनाइने बताए । सबै नगरवासीलाई अनिवार्य मास्क प्रयोग गरेर मात्रै हिडडुल गर्न अपील गरेका छन् ।

व्यवसायीलाई उनले अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउन सूझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं