Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं। २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाई भएको छ। कोरोना महामारी कारण राष्ट्रिय स्तरमा परीक्षा सञ्चालन गर्न नसकिएपछि सम्बन्धित विद्यालयबाटै आन्तरिक मुल्यांकन गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको सबै काम सकेको छ। तर, नतिजा प्रकाशनमा भने ढिलाई भएको छ।

नतिजा प्रकाशनको जिम्मेवारी पाएका परीक्षा नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको सबै तयारी सकिएको बताए। बोर्डको बैठक बसेपछि मात्र नतिजा प्रकाशित हुनेछ। बोर्डको बैठक कहिले बस्ने भन्नेमा टुंगो छैन।

कोरोना संक्रमितको संख्या बढिरहेका बेला नतिजा प्रकाशन गर्दा जोखिम बढी हुने उनको भनाई छ। जसका कारण नतिजा प्रकाशनका लागि सरकारको निर्णय पर्खिरहेको उनको भनाई छ। “नतिजा प्रकाशित भएपछि नतिजा सच्च्याउने, पुनर्योग गराउनेको भीडभाड हुन्छ। जसले गर्दा कोरोना संक्रमणको जोखिम बढढ्न सक्छ।” नियन्त्रक खकुरेलले भने, “केही दिन पर्खेर मात्र नतिजा प्रकाशित हुन्छ।”

बोर्डले निर्णय गरेसँगै विद्यालयहरूले नतिजा सार्वजनिक गर्नेछन्। विगतका वर्षहरूमा बोर्डले परीक्षा लिएर नतिजा पनि बोर्डले नै सार्वजनिक गर्दै आएको थियो। तर, महामारीका कारण २०७६ सालको परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकन आधारमा विद्यालयले नै मूल्यांकन गर्ने र बोर्डले मान्यता दिने निर्णय गरेको थियो। सोही आधारमा विद्यालयहरूले मूल्यांकन गर्दै उक्त नतिजा बोर्डलाई पठाएका थिए।

गत ६ चैतबाट तोकिएको परीक्षा अन्तिम समयमा आएर स्थगित भएको थियो। यो वर्ष चार लाख ८२ हजार ७०७ विद्यार्थी एसईई परीक्षा दिने तयारीमा थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा