Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले गिरीलाई नियुक्ति गर्नुको कारण देखाउ आदेश जारी गरेको हो ।त्यस्तै सर्वोच्चले गिरीलाई सात दिनभित्र उपस्थित हुन पनि आदेश दिएको छ ।

बिहीबार उपाध्यक्ष गिरीविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । गत आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको सयुक्त इजलाशले यसअघि सर्वोच्च प्रशासनले दरपिट गरेको उक्त रिट निवेदन दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको थियो ।

अधिवक्ता नरेश भट्टले पेश गरेको रिट निवेदनमा आयोगका उपाध्यक्ष डा. गिरीको कानुन अनुसार योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गरिएको छ ।

निवेदनमा डा.गिरीको नियुक्ति गैरकानुनी भएको भन्दै अहिलेसम्म उक्त पदमा बस्दा लिएको तलव र भत्ता पनि फिर्ता गर्न माग गरिएको छ । डा.गिरीको नियुक्ति हुनुअघिनै व्यवस्थापिका संसदमा उनको योग्यता नपुगेको भन्दै विरोध समेत भएको थियो ।

चिकित्सा शिक्षा राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत गिरी त्यहाँ पनि विवादमा मुछिएका थिए। त्यस्तै गिरी झापाको विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंसँग कलेजको सम्बन्धन दिन २० करोड रुपैयाँ घुस मागेको भन्दै विवादमा तानिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं