Lite Nepal

आइतबार, साउन २५, २०७७

विराटनगर । प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लाका निजी होटल र निजी अस्पतालमा पनि आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ ।

प्रदेश १ मा कोरोना संक्रमित दैनिक ठुलो संख्यामा थपिन थालेपछि आईतबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को प्रादेशिक बैठकले तीन जिल्लाका एक÷एक वटा निजी होटल र अस्पताललाई आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

यस्तै बैठकले स्थानीय तह समेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाज, विराटनगर, रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसको भवनमा र सुनसरी जिल्लाको हरिनगर गाउँपालिका १ स्थित वि.जेनेरल अस्पताल र बराहक्षेत्र नगरपालिका स्थित कृष्णदास आश्रम, चतरामा कोभिड १९ को संक्रमित लक्षण विहिन व्यक्तिहरु राख्नका लागि क्रमश ५० बेड, १०० बेड, ५० बेड र १०० बेड क्षमताको आइसोलेसन केन्द्र संचालन गर्ने समेत निर्णय गरेको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको ‘लकडाउन खुले पश्चात कोभिड १९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना, २०७७’ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं