Lite Nepal

बिहिबार, आश्विन ०८, २०८३

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्ति गर्दा त्यसको आधार पुष्टि गर्न निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बैठकमा जुनसुकै विषयमा पनि नियमापत्ति गर्ने प्रवृत्ति बढेको भन्दै सभामुख अर्यालले नियमावलीमा उल्लेखित व्यवस्थाअनुसार मात्रै आपत्ति जनाउन सांसदहरूको ध्यानाकर्षण गराए।

उनले भने, “जे विषयमा नियमापत्ति गरिएको हो, सोभन्दा बाहिर गएर आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्रै नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन।” सदनमा विभिन्न विषयमा नियमापत्ति हुन थालेपछि सभामुख अर्यालले नियमापत्तिको गरिमा र उद्देश्य बुझेर त्यसको प्रयोग गर्न सांसदहरूलाई आग्रह गरेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं