Lite Nepal

बिहिबार, आश्विन ०८, २०८३

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा विहीबार भएको आगलागीमा परी १० वटा घर जलेका छन् ।

मेरिङदेन गाउँपालिका –०३ दोभान बजारमा दिउँसो डङ्डु शेर्पाको ढुङ्गा, माटो र टिनको छाना भएको दुईतले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट आगलागी सुरु भएको थियो ।

समयमा आगो नियन्त्रण नहुँदा आगलागीबाट ९ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १ वटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगो फुङलिङ नगरपालिकाका २ वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं