Lite Nepal

सोमबार, साउन २६, २०७७

विराटनगर । जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए ।

यस्तै विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सोमबार एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ । शनिबार नोबेलका दुईजना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित चिकित्सकलाई अस्पतालले आफ्नै आइसोलेसनमा राखेको दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा