Lite Nepal

सोमबार, साउन २६, २०७७

विराटनगर । प्रदेश १ मा सोमबार कोरोना भाइरसका ४२ जना संक्रमित थपिएका छन्। मोरङका १६, सुनसरीका १४, झापाका नौ, खोटाङ, धनकुटा र प्रदेश १ बाहिरका एकरएक जनामा सोमबार कोरोना देखिएको हो।

प्रदेश १ मा एक हजार छ सय एक जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएकोमा ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।
मोरङको विराटनगरमा नौ जनालाई कोरोना पुष्टि भएको छ। जसमा आठ पुरुष र एक महिला छन्। सुन्दरहरैंचामा तीन पुरुष, धनपालथानमा दुई पुरुष, एक महिला र पथरीशनिश्चरेमा एक पुरुषलाई कोरोना पुष्टि भएको छ।

सुनसरीको धरानका सात पुरुष, दुई महिला, रामधुनीका चार र इटहरीका एक पुरुषमा कोरोना देखिएको छ। त्यस्तै झापाको गौरादहमा पाँच पुरुष, भद्रपुरमा दुई पुरुष एक महिला र कमल गाउँपालिकामा एक पुरुष संक्रमित भएका छन्। धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुइचुम्माका एकरएक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा। सुरेश मेहताले बताए। उनका अनुसार प्रदेश १ बाहिरका सिरहाका एक पुरुषको रिपोर्ट पनि पोजिटिभ आएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या हालसम्म एक हजार चार सय ६५ पुगेको छ। सोमबार उपचारपछि निको भएर पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट २९ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेहरुमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका पाँच, सोलुखुम्बु र प्रदेश १ बाहिरका दुईरदुई जना रहेका छन्। प्रदेश १ मा हालसम्म उपचारपछि कोरोना पराजित गरेर डिस्चार्ज हुनेको संख्या एक हजार १४ पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा