Lite Nepal

मंगलबार, साउन २७, २०७७

काठमाडौँ । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा बागलुङ र तनहुँका २/२ जना र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका संक्रमितहरु बागलुङको बागलुङ नगरपालिका–४ की २२ वर्षीय महिला र वडा नम्बर ३ का ३९ वर्षीय पुरुष रहेका छन्।

यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका–६ का १९ र वडा नम्बर ३ का २९ वर्षीय पुरुष तथा कास्कीको पोखरा महानगरपालिका–५ का ११ वर्षीय पुरुष र ३८ वर्षीया महिला, वडा नम्बर ३० का ३० वर्षीय पुरुष र वडा नम्बर १७ की ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं