Lite Nepal

मंगलबार, साउन २७, २०७७

काठमाडौं । टोकियो ओलम्पिक २०२१को तयारीमा रहेको राष्ट्रिय कराते टीमको अभ्यास तत्काललाई स्थगित भएको छ ।

मंगलबार करातेका प्रशिक्षक दिपक विष्टले विज्ञप्ति जारी गर्दै तत्काललाई खेलाडीको प्रशिक्षण स्थगित भएको जानकारी दिएका हुन् ।

‘संसारभर फैलिरहेको कोभिड १९ पछिल्लो समय काठमाडौँमा झन् भयाभह हुँदै संक्रमितको संख्या बृद्दि हुदै आइरहेको सबैलाई सर्वविधितै छ । केहि दिन अगाडिमात्र खेल क्षेत्रका व्यक्तिलाई पनि संक्रमण भएको खबर आएको हुँदा केहि समय हामी खेल क्षेत्र मात्र नभई सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशन पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिक तयारीमा रहेका कराते खेलाडीहरुको प्रशिक्षण आजैदेखि लागू हुने गरी केहि दिनलाई बन्द भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चैत ११गतेदेखि लकडाउन गरेको थियो । तर, लकडाउन खुकुलो भएसँगै असाढ ७ गतेबाट करातेको प्रशिक्षण सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सँग मौखिक सहमति लिएर करातेको अभ्यास सुरु गरेको प्रशिक्षक श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

टोकियो ओलम्पिकका लागि अनु अधिकारी र नविन रसाईली छनोट खेल्ने छन् । उनीहरुको नाम वाल्ड कार्ड इन्ट्रीका लागि समेत सिफारिस गरिएको छ । खेलाडीद्वय १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं