Lite Nepal

मंगलबार, साउन २७, २०७७

काठमाडौं । नेपालमा यो बर्ष हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान खेती भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार साउनको तेस्रो सातासम्ममा कुल धान रोपाइँ हुने क्षेत्रको ९७ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको छ । यो प्रतिशत थप बढ्दो क्रममा छ ।

बर्षे धान रोपाई हुने १३ लाख ७१ हजार हेक्टर मध्ये १३ लाख ३० हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रबक्ता डा. हरी बहादुर केसीले बताए । उनले रोपाइँ पूर्ण रुपमा नसकिएकाले क्षेत्रफल अझै बढ्ने छ ।

यो बर्ष कुल धान खेतीको ९८ प्रतिशत बढि क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयको अनुमान छ । सबैभन्दा बढी प्रदेश २ मा शत प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रबक्ता केसीले जानकारी दिए । यो बर्ष मनसुनको सुरुवातबाटै बर्षा भएको तथा पर्याप्त जनशक्तिको उपलब्धताका कारण धान खेती उत्साहजनक भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले मुलुकभर देखिएको मलको अभाव छिट्टै अन्त्य हुने दाबी गरेको छ । आवश्यक मल ढुवानी प्रक्रियामा रहेको तथा कोलकत्तास्थित बन्दरगाहमा २१ हजार ५ सय मेट्रिक टन मल आईसकेकाले धान खेतीका लागि समस्या नहुने उहाँले बताए । प्रबक्ता केसीले भदौको पहिलो साताबाटै मलको वितरण सुरु गर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा