Lite Nepal

बुधबार, साउन २८, २०७७

विराटनगर । विराटनगरमा कोरोना सङ्क्रमणका कारण एक कर्मचारीको मृत्यु भएको छ । सोमबार कोरोना पुष्टि भएका विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको बुधवार बेलुका कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक कर्मचारी रहेको बताइएको छ ।

उनलाई सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

मृतक पुरुषमा मधुमेह तथा उच्च रक्तचापको समस्या पनि रहेको बताइएको छ । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ५५ पुगेको छ । बुधवार मात्रै १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा