Lite Nepal

बुधबार, साउन २८, २०७७

विराटनगर । विराटनगरमा कोरोना सङ्क्रमणका कारण एक कर्मचारीको मृत्यु भएको छ । सोमबार कोरोना पुष्टि भएका विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको बुधवार बेलुका कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक कर्मचारी रहेको बताइएको छ ।

उनलाई सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

मृतक पुरुषमा मधुमेह तथा उच्च रक्तचापको समस्या पनि रहेको बताइएको छ । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ५५ पुगेको छ । बुधवार मात्रै १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं