Lite Nepal

बिहिबार, साउन २९, २०७७

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू फेरि स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियन कपको समेत छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ।

यसअघि दोस्रोपटक सरेको छनोटका बाँकी खेल अक्टोबर र नोभेम्बरमा हुने तय भएको थियो। नेपालले अक्टोबर र नोभेम्बरमा हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ देखि सुरु गर्न लागेको थियो। प्रशिक्षण सञ्चालनका लागि एन्फाले खेलाडीको पीसीआर परीक्षणसमेत गरिसकेको छ।

अधिकांश देशले कोरोनाको बढ्दो संक्रमणका कारण छनोट खेल खेल्न नसक्ने बताएपछि फिफा र एएफसीले सन् २०२१ मा मात्र छनोट खेल खेलाउने निर्णय गरेका हुन्। कोरोनाका कारण अधिकांश देशले अन्तर्राष्ट्रिय आवागमनमा समेत प्रतिबन्ध गरेका छन्।

विश्वकप छनोट खेलअन्तर्गत नेपाल एसियाली देशको समूह ‘बी’मा छ। नेपालले समूहमा अब तीनवटा घरेलु खेल खेल्न बाँकी छ। यसअघि नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोडर्नसँग दशरथ रंगशालामा खेल्ने तालिका थियो। त्यसअघि चैतका लागि पनि तय भएको छनोट खेल कोरोनाकै कारण स्थगित भएको थियो।

नेपालले खेल्ने आठ खेलमध्ये यसअघि पाँच खेल खेलिसकेको छ। नेपालले यसअघिका खेलमा चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।

अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ। कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंकविहीन चाइनिज ताइपेई पुछारमा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं