Lite Nepal

बिहिबार, साउन २९, २०७७

काठमाडौं । प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाल प्रहरीका ४ सय ८९ र सशस्त्र प्रहरीका १ सय ९२ जना गरी ६ सय ८१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १ सय ८३ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १ सय २२ जना डिस्चार्ज भएका छन् ।

प्रहरीमा हाल ३ सय ६ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयकै १ सय ३०, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २४, प्रदेश २ का ४२, वाग्मती प्रदेशका १७, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ४३ र सुदूरपश्चिम प्रदेशका एकजना छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ ७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३५, प्रदेश २ का २३ र वाग्मती प्रदेशका १४ संक्रमित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा