Lite Nepal

बिहिबार, साउन २९, २०७७

काठमाडौं । प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाल प्रहरीका ४ सय ८९ र सशस्त्र प्रहरीका १ सय ९२ जना गरी ६ सय ८१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १ सय ८३ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १ सय २२ जना डिस्चार्ज भएका छन् ।

प्रहरीमा हाल ३ सय ६ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयकै १ सय ३०, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २४, प्रदेश २ का ४२, वाग्मती प्रदेशका १७, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ४३ र सुदूरपश्चिम प्रदेशका एकजना छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ ७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३५, प्रदेश २ का २३ र वाग्मती प्रदेशका १४ संक्रमित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं