Lite Nepal

बिहिबार, साउन २९, २०७७

इटहरी । इटहरी उपमहानगरपालिकामा १३ जना कोरोना संक्रमित थपिएका छन्। नगरपालिकाले विभिन्न मितिमा शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा १३ जनाको रिपाेर्ट पोजेटिभ आएको नगरपालिकाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

नगरले भीडभाड हुने स्थान र त्यहाँ जाने शंकास्पद व्यक्तिको काेराेना परीक्षण गरेको थियो। इटहरीमा संक्रमितको संख्या ४६ पुगेको छ। बिहीबार इटहरीको बडा नम्वर ५, १४, १६, १७, १९, २० मा एक-एक जना वडा नम्वर ७ र ९ मा दुई-दुई जना र वडा नम्बर ६ मा तीन जनाको रिपाेर्ट पोजेटिभ आएको हो।

उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ नगरपालिकाले सुरु गरेको विज्ञप्तिमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं