Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

विराटनगर । अहिले बजारमा काउली पाउन थालेको छ । प्रायः जाडो मौसममा पाइने काउली बेमौसमी तरकारीका रुपमा अन्य मौसममा पनि पाइने गरिन्छ ।

काउलीको तरकारी धेरैलाई मनपर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदाजनक छ । तर यहि काउलीका बेफाइदा पजि छन् । काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको सेवन हानीकारक हुन्छ । कुन रोगका बिरामीका लागी काउलीको सेवन हानीकारक हुन्छ त ? जान्नुहोस् ।

१. थाइराइड
हाइपो थाइराइड रोगका बिरामीले काउली खानु हुदैन । काउलीमा गाइट्रोगन नामक तत्व हुने भएकाले यसले थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।

२. ग्याष्ट्रिक
काउलीमा पाइने केहि पोषक तत्वहरुले पाचन प्रणाली असर पार्दछ । तर्सथ ग्यास्ट्रिक पिडित व्यक्तिले समेत काउलीको सेवन गर्नु हुदैन ।

३. अर्थराइटीस
जो ब्यक्तिमा अर्थराइटीसको समस्या छ उनीहरुले पनि काउलीको सेवन गर्नुहुदैन । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र हड्डीमा समेत पीडा उत्पन्न गराउन सक्छ ।

४. ब्लड क्लटिङ
काउलीमा पर्याप्त मात्रामा भिटामिन के पाइने भएकाले ब्लड कटिङका बिरामीले समेत काउली खानु हुदैन । तसर्थ रगत गाढा बनाउनेका औषधि सेवन गर्नेहरुले काउली सेवनबाट बच्नुपर्दछ ।

५. स्तनपान गराउने आमा
शिशुलाई स्तनपान गराउने आमाहरुले पनि काउलीको सेवन गर्नुहुँदैन । अन्यथा स्तनपान गराउने आमालाई ग्याष्ट्रिकको समस्या निम्तिन सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा