Lite Nepal

शनिबार, साउन ३१, २०७७

काठमाडाैं । पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ ।

त्यहाँ राति पनि पानी परेको उहाँले जानकारी दिनुभयो । पहिरोमा परेर हराइरहेकाहरुको खोजी सुरु गरिएको छ । हिजो दिनभरि खोजी गर्दा ११ जनाको शव भेटिएको थियो ।

२८ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । घाइते ५ जनाको भने सदरमुकाम चौतारामा उपचार भइरहेको छ । हराइरहेकाहरुको खोजी सुरु गरिएको र शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किएका गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं