Lite Nepal

शनिबार, साउन ३१, २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित कतिपय देशका वैज्ञानिकले शंका व्यक्त गरे पनि अन्ततः रुसले कोरोना खोपको उत्पादन थालेको छ । रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन शुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तिमसम्ममा मानिसलाई लगाउन शुरु गरिने जनाइएको छ ।

तर कतिपय विज्ञले रुसले चाँडै खोप बनाउने धुनमा अपनाउनुपर्ने सुरक्षाका मापदण्ड र परीक्षण प्रक्रिया पूरा नभएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

रुसमै पनि स्वतन्त्र रूपमा गरिएको जनमत सवेक्षणले करिब आधा जति चिकित्सक यो खोप लगाउन तयार नरहेको देखाएको छ । यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोना खोप सबै सुरक्षा मानकमा खरो उत्रिएको र यसलाई देशको स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको जानकारी दिएका थिए ।

रुसले दर्ता गरायो कोरोना खोप
आफ्नो छोरीलाई समेत उक्त खोप दिंदा प्रभावकारी परिणाम आएकाले अब यो खोप चाँडै उत्पादन शुरु गर्ने बताएका थिए । विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ । रुसी भाषामा स्पुत्निकको अर्थ भूउपग्रह हो । त्यो उपग्रह रुसले नै बनाएको थियो ।
आफूले बनाएको खोपप्रति कतिपय देशका वैज्ञानिकले व्यक्त गरेका आशंकालाई रुसले ‘पूरै आधारहीन’ भनेर खण्डन गरिसकेको छ ।

रुसको खोप ‘बाँदरलाई पनि लगाउँदैनौ’ भन्ने अमेरिका अहिले खोपले काम गर्नेमा विश्वस्त
कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् ।

‘मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ’, उनले भने । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले रुसी खोपका बारेमा सकारात्मक धारणा राखेका हुन् । कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उनको भनाई छ ।

‘मलाई जानकारी भएसम्म कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु’, उनले भने । उनले चाँडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताए ।

आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सवै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उनको भनाई छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको उनले बताए ।

उनले अमेरिकमा पनि केही बैज्ञानिकहरुले तीन वटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिए । यसअघि रुसका राष्ट्रपति पुटिनले कोरोनाको खोपमा अमेरिकालाई सहयोग गर्ने प्रस्ताव राखेका थिए । तर, राष्ट्रपति ट्रम्पले रुसको कोरोना खोप ‘मानिसलाई त कुरै छाडौं बाँदरलाई पनि लगाउँदैनौं’ भन्ने जवाफ दिएका थिए ।

अहिलेसम्म औषधिको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरी महामारीको रुपमा फैलिएको कोरानो भाइरसविरुद्ध विश्वभरी धेरै बैज्ञानिकहरुले औषधि बनाइरहेको दाबी गरेका छन् । तर ती सवै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्वस्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधीको मान्यता दिएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा