Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

काठमाडौं । आज इन्द्र जात्रा पर्व । तर कोरोनाका कारण यस वर्ष जात्रा नहुने भएको छ ।

आज जात्रा गर्न नसकेकामा क्षमा माग्दै पूजा गरिने छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको यो जात्रा यस पटक कोरोना संक्रमणको त्रासका कारण रोकिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाउने परम्परा रहेको छ ।

इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको कुमारी, भैरव र गणेशको रथारोहण गरिने परम्परा छ ।

यसैबीच राष्ट्रपति विद्या भण्डारीले कोरोनाबाट जोगिन सरकारले लागू गरेको सुरक्षाका मापदण्ड पूरा गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं