Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

काठमाडौं । आज इन्द्र जात्रा पर्व । तर कोरोनाका कारण यस वर्ष जात्रा नहुने भएको छ ।

आज जात्रा गर्न नसकेकामा क्षमा माग्दै पूजा गरिने छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको यो जात्रा यस पटक कोरोना संक्रमणको त्रासका कारण रोकिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाउने परम्परा रहेको छ ।

इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको कुमारी, भैरव र गणेशको रथारोहण गरिने परम्परा छ ।

यसैबीच राष्ट्रपति विद्या भण्डारीले कोरोनाबाट जोगिन सरकारले लागू गरेको सुरक्षाका मापदण्ड पूरा गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा