Lite Nepal

बिहिबार, भाद्र १८, २०७७

काठमाडौं । नेकपाको केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ।

बिहान ११ बजेपछिका लागि बोलाइएको बैठक दिउँसो तीन बजेका लागि सरेको छ।

बैठकमा राष्ट्रियसभा सदस्यमा वामदेवा गौतमलाई नियुक्त गर्ने वा अर्थमन्त्री डा। युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने यसअघि भएको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्।

प्रधानमन्त्री ओली अझै पनि खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् ।

तर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पूर्व सहमति अनुसार गौतमलाई पठाउनु पर्ने पक्षमा उभिएका छन् ।

राष्ट्रियसभामा सरकारले मनोनित गरेको कोटामा नियुक्त भएका अर्थमन्त्री खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो ।

सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा शनिबारसम्म मात्र मन्त्री हुन पाउने र यो अवधिमा संघीय संसदको सदस्य नभएमा स्वतः पदमुक्त हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा