Lite Nepal

शुक्रबार, भाद्र १९, २०७७

ताप्लेजुङ । सशस्त्र प्रहरीले भारतसँग सिमाना जोडिएका पाँचथरका दुई स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिकाको सुर्केथाममा स्थापना गरिएको हो ।

चिवाभञ्ज्याङ बीओपीको बिहीबार प्रदेश सांसद सिता थेवे र सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख (डिआईजी ) बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरे ।

शुक्रबार सुर्केथामको उद्घाटन गर्ने कार्यक्रम भएपनि मौषमका कारण स्थगित भएको छ ।

सशस्त्र प्रहरी बल पाँचथरका डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार दुवै स्थानमा प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा बीओपी राखिएको छ । एउटा बीओपीमा ३५ जना हुन्छन् ।

चिवाभञ्ज्याङमा नेपाल-भारत सिमानादेखि करिब सय मिटर र सुर्केथाममा पनि सिमाना नजिकै राखिएको छ । नेपाल प्रहरीको सीमा प्रहरी चौकी च्याङथापुमा रहेको छ ।

सिमानाको रेखदेख यसअघि यही चौकीले गर्दै आएको थियो । यहाँबाट सिमाना पुग्न पुरै एकदिन पैदल हिँड्नुपर्छ । गाडीमा पनि ५ घन्टा बढी समय लाग्छ । फालेलुङमा पनि यस्तै अवस्था थियो ।

द्विदेशीय सिमाना नजिकै रहेको भारतले नेपालको सिमाना मिचेको दाबी स्थानीयले गर्दै आएका छन् ।

सशस्त्र प्रहरीका प्रदेश प्रमुख दाहालले १ नं प्रदेशमा स्वीकृत सबै ठाउँका बीओपी यसै आर्थिक वर्षमा स्थापना भइसक्ने बताए । उनका अनुसार सिमावर्ती २२ स्थापना बीओपी राखिने छ ।

२२ मध्ये अहिलेसम्म चिवाभञ्ज्याङ, सुर्केथाम, इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ र रोङ गाउँपालिकाको सलकपुरमा बीओपी स्थापना भइसकेको छ । ekantipur

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा