Lite Nepal

आइतबार, आश्विन १८, २०८३

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले आसन्न नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा सर्वसाधारणलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

चाडपर्वका समयमा घर छाडेर बाहिर जाँदा घरका झ्याल तथा ढोका राम्ररी बन्द गरी छिमेकीलाई समेत जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ। साथै, बहुमूल्य गरगहना लगाएर भीडभाडमा किनमेल गर्न नजान तथा चोरी हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

प्रहरीले चाडपर्वका नाममा आउने शंकास्पद लिङ्क, क्यूआर वा अनलाइन अफरमा विश्वास नगर्नसमेत सचेत गराएको छ। ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण कसैलाई पनि नदिन प्रहरीले आग्रह गरेको छ।

यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको कुनै पनि खानेकुरा नखान, चाडपर्वका नाममा कानुनले प्रतिबन्ध लगाएका जुवाजन्य खेलहरू नखेल्न तथा मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारीसाधन नचलाउन प्रहरीले अनुरोध गरेको छ।

त्यसैगरी, चाडपर्वका क्रममा घर तथा टोलछिमेकमा अपरिचित व्यक्ति फेला परेमा वा कुनै शंकास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरिएको छ। पटका, आतिशबाजी तथा विष्फोटक पदार्थको ओसारपसार एवं प्रयोग नगर्न पनि प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।

चाडपर्वको समयमा हुन सक्ने चोरी, ठगी तथा अन्य आपराधिक गतिविधिबाट जोगिन सबैलाई सचेत रहन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले नागरिकको सुरक्षा र शान्ति–सुव्यवस्था कायम गर्न प्रहरी सक्रिय रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं