Lite Nepal

बुधबार, भाद्र २४, २०७७

विराटनगर । प्रदेश १ मा बुधबार एकैपटक १ सय ५५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

मोरङमा ८० सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

एक हजार तीन सय ७० जनाको पीसीआर परीक्षण गरिँदा ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

नयाँ थपिएका संक्रमितमा मोरङबाहेक सुनसरीमा ६०, भोजपुरमा पाँच, धनकुटामा चार, झापामा तीन, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी संक्रमित भेटिएको मोरङको विराटनगर महानगरपालिकामा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा ३० महिला र ४० पुरुष छन् । प्रदेश १ मा कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको विराटनगर प्रदेशको राजधानी पनि हो ।

विराटनगरबाहेक मोरङको लेटाङमा एक महिला, तीन पुरुष, पथरीशनिश्चरेमा तीन पुरुष, उर्लाबारी र सुन्दरहरैँचामा एक÷एक पुरुष तथा ग्रामथानमा एक जना महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १३ महिला, नौ पुरुष, इटहरीमा नौ पुरुष, १३ महिला र इनरुवामा चार महिला, १२ पुरुषमा कोरोना देखिएको छ ।

भोजपुरको षडानन्दमा एक महिला, चार पुरुष, धनकुटाको चौबिसेमा एक महिला, दुई पुरुष, धनकुटा नगरपालिकामा एक पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा एक÷एक पुरुष, शिवसताक्षीमा एक महिला, ताप्लेजुङको मेरिङदेनमा एक महिला, उदयपुरको त्रियुगामा एक पुरुष र प्रदेश १ बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या चार हजार चार सय १२ पुगेको छ । एक लाख तीन हजार तीन सय ३३ जनाको पीसीआर हुँदा ९८ हजार नौ सय २१ जनाको रिपोर्टभने नेगेटिभ आएको जानकारी मन्त्रालयले दिएको छ ।

प्रदेश १ मा सफल उपचारपछि कोरोना पराजित गर्दै बुधबार ३६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभूत विद्यालय धनपालथान मोरङबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट पाँच र होम आइसोलेसनबाट चार जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या हालसम्म एक हजार नौ सय ४८ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा